काठमाडौं- बलिउड स्टार अक्षय कुमारले सन् २०००मा कमेडी जनरामा बनेको फिल्म 'हेरा फेरी'मा अभिनय गरेका थिए। त्यतिबेला उनले आफ्नो एक्सन इमेज छाडेर उक्त फिल्ममा काम गरेका थिए।
अब अक्षयले फेरि कमेडी फिल्ममा अभिनय गर्ने निश्चित भएको छ।
धेरै फिल्ममा सँगै काम गरेका निर्देशक प्रियदर्शनसँग लामो समयपश्चात अक्षयले काम गर्ने भएका हुन्।
अक्षय र प्रियदर्शनले 'दे दनादन', 'गरम मसला' र 'भूल भूलैया'जस्ता धेरै कमेडी फिल्ममा सँगै काम गरिसकेका छन्। गोवामा भएको एक फिल्म फेस्टिबलको क्रममा अक्षयकुमारको साथ आफ्नो नयाँ प्रोजेक्ट अर्को सालबाट सुरु गर्ने प्रियदर्शनले बताए।
'अब बन्ने फिल्म कमेडी जनराको हुनेछ। म अहिले स्क्रिप्ट लेखिरहेको छु। फिल्ममाथि आउँदो साल सेप्टेम्बर/अक्टोबरबाट काम सुरु हुनेछ,' उनले भने।
प्रियदर्शन अक्षयकुमारसँग काम गर्न सहज र रमाइलो हुने बताउँछन्। 'म अक्षय कुमारलाई पूरै भरोसा गर्नसक्छु,' प्रियदर्शन भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।