बागलुङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्तारुढ नेकपाले भ्रामक प्रचारवादी गरेर डर, त्रास देखाएर मतदातालाई प्रभाव पार्न सक्ने आशंका गरेका छन्।
मतदातालाई सत्ता र शक्तिको आडमा विभिन्न प्रलोभनमा पार्न सक्ने भन्दै उनले सचेत बनाए। नेता पौडेलले बागलुङ २ को ‘ख’ मा हुने उपनिर्वाचनको प्रचारको क्रममा बोल्दै सरकारलाई सहि बाटोमा हिडाउन कांग्रेसले जित्नुपर्ने बताए।
उनले मतदातालाई भने,‘सरकारको गलत रवैया र अधिनायवादी सोचलाई परास्त गर्न कांग्रेसले जित्नुपर्छ।’ पाैडेले राज्य शक्ति र अभद्र प्रकारका प्रभावहरुले मतदातालाई आफ्नो अधिकार उपयोग गर्ने अवसरबाट वन्चित गरे त्यसमा डटेर सामना गर्न तरुणहरुलाई आग्रह गरे।
निर्वाचनले सरकारलाई सच्चिन र जनताका पक्षमा काम गर्न सवक सिकाउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।