सिरहा- सिरहाको भगवानपुर गाउँपालिका- ५ लालपुरबाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेहरूमा सिरहाको भगवानपुर गाउँपालिका- ५ का २१ वर्षीय मुकेश कुमार र सोही ठाँउका २५ वर्षीय सन्जय कुमार यादव रहेका छन्।
उनीहरूकाे साथबाट डाइलेक्स डिसि– १५ बोतल, डाइजिल्याप- १८ एम्पुल , र्प्रोमे थिन हाइड्रइड- १८ एम्पुल, नोरफिन- १९ पिस र नाइट्रोभेट- ३० पिस बरामद भएकाे छ।
सिरहाको ठाडी भन्सार र इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश- २,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याउँदै गरेकाे अवस्थामा अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।