काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न, मनमोहन कार्डियो थोरासिकको भेन्टिलेटरमा राखेर उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर।
२) ’कन्फ्युजन क्लियर’ गर्नकै लागि नेकपा कार्यकारी अध्यक्ष आफूलाई दिने निर्णय गरिएको प्रचण्डको भनाइ, पार्टीमा बढी जोड र ध्यान आफूले दिने र सरकारमा ओली केन्द्रीत हुने स्पष्टोक्ति।
३) प्याज कालिमाटी थोक बजारमै अधिकतम प्रतिकेजी २ सय रुपैयाँ पुग्यो, खुद्रा बजारमा भने २ सय २० देखि २ सय ३० रुपैयाँसम्ममा कारोबार।
४) १३औं साग सुरु हुन पाँच दिन मात्र बाँकी, मंसिर १९ देखि हुने हिटिङ स्विमिङ पुलको निर्माणकार्य सुस्त।
५) र, जर्मनीको संग्रहालयबाट अठारौँ शताब्दीमा निर्मित हीराका बहुमूल्य गहना चोरी, दशमध्ये तीन थान हराएको संग्राहालय प्रमुखको भनाइ, चोरको खोजी तीव्र।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।