काठमाडौं– अभिनेता विराज भट्ट पहिलोपल्ट फिल्म निर्देशन गर्दैछन्– ‘साङ्लो’। यही फिल्मबाट पहिलोपल्ट अभिनयमा पाइला चाल्दैछिन्, सन् २०१७ की मिस नेपाल निकिता चान्डक।
पूर्व मिस नेपाल निकिता चान्डकले हालै आफ्नो इन्स्टाग्राममा अभिनेता विराज भट्टसँगको एक तस्बिर पोष्ट गरेकी छिन्। माघ–२४ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा विराज र निकिता जोडीका रुपमा देखिँदैछन्।
हालै इन्स्टाग्राममा निकिताले विराजसँगको एउटा तस्बिर सेयर गरेकी छिन् जहाँ उनी ‘रोमान्टिक मुड’मा विराजसँग कुस्ती खेलिरहेको देख्न सकिन्छ। फिल्म युनिट यो फिल्मको पहिलो गीत बिहीबार सार्वजनिक गर्ने तर्खरमा छ। उक्त तस्बिर सोही गीतको रहेको अनुमान गरिएको छ।
भोजपुरी फिल्ममा जमिरहेका विराज पछिल्लो समय नेपाली फिल्ममा लगातार असफल भइरहेका छन्। अहिलेसम्म पूर्व मिस नेपालहरुको फिल्म यात्रा पनि सुःखद देखिएको छ। त्यसैले विराज र निकिता दुवैको करिअरमा ‘साङ्लो’लाई विशेष हिसाबले हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।