काठमाडौं– व्यापारिक रुपमा सफल मानिएका फिल्म हुन्, ‘प्रेमगीत’ र ‘चपली हाइट’। दुवै फिल्मको तेश्रो सिरिजि अब एकैदिन रिलिज हुने पक्का भएको छ।
‘प्रेमगीत–३’ले ६ महिनाअघि नै चैत–२८ गतेलाई आफ्नो रिलिज मिती तोकेको थियो। अब यही फिल्मसँग ‘चपली हाइट–३’ पनि जुध्न आइपुगेको छ। निर्माता अर्जुन कुमारले हालै फेसबुकमार्फत ‘हामी चैत २८ मा आउने भयौँ है’ भन्दै फिल्मको रिलिज मिती घोषणा गरेका छन्।
अहिले यि दुवै फिल्म छायांकनका क्रममा छन्। छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको ‘प्रेमगीत–३’मा प्रदिप खड्का, शिव श्रेष्ठ, कृष्टिना गुरुङ, सुनिल थापा, लक्ष्मी बर्देवा, माओत्से गुरुङ लगायत कलाकारको अभिनय छ। त्यस्तै निकेश खड्काको निर्देशनमा बनिरहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायत कलाकारको अभिनय छ।
दुवै सफल ब्रान्ड एकसाथ आउने भएपछि चैत २८ लाई अहिले फिल्म क्षेत्रमा चासोका रुपमा हेरिएको छ। अब हेर्न बाँकी छ, कसको ब्रान्डले बक्सअफिसमा बाजी मार्ला !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।