काठमाडौं- प्रहरी चौकी गञ्जभवानीपुर बारामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) जटाशंकरप्रसाद कलवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग ६० हजार घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले पक्राउ गरेको थियो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९को कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।