काठमाडौं– नेपाली फिल्म क्षेत्रमा देखिएको सबैभन्दा ठूलो समस्या हो– पटकथा। धेरै फिल्महरु कमजोर पटकथाका कारण चिप्लिरहेका छन्। यही समस्यालाई मध्यनजर गर्दै ब्ल्याक आईज क्रियसनले आफ्नो आगामी मेगा फिल्म प्रोजेक्टका लागि पटकथा प्रतियोगिताको घोषणा गरेको छ।
घोषणाअनुसार लभस्टोरी कथामा लेखिएका पटकथा प्रतियोगितामा सहभागी हुन सक्नेछन्। विजेता स्क्रिप्टलाई तिन लाख तेत्तीस हजार तिन सय तेत्तीस रुपैयाँ पुरस्कार दिने फिल्म निर्माण कम्पनीको घोषणा छ।
पर्तिस्पर्धामा सहभागी हुन् चाहनेले कम्पनीको आधिकारिक जिमेल आइडीमा पटकथा पठाउन सक्ने बताइएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले स्क्रिप्ट पठाउने समय २०२१ अप्रिल २१ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।