इलाम– आइतबार इलाममा भएको दुर्घटनामा एकको मृत्यु भएको छ।
इलामको ईलाम नगरपालिका–४ स्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा स्थानिय २९ बर्षिय टिका मुखियाको मृत्यु भएको हो।
दिउँसो साढे १२ बजे मे १ ज १६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो। दुर्घटनामा परी घाइते भएका मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इलाममा मृत्यु भएको स्थानिय प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।