एजेन्सी- बलिउड सुपरस्टार शाहरुख खानलाई लामाे समयदेखि पर्दामा देख्न नपाएर निराश बनेका दर्शकका लागि खुसीको खबर छ। उनी छिट्टै नयाँ फिल्म लिएर दर्शकमाझ आउँदैछन्। फिल्म ‘जिरो’ को असफलतापछि चुप बसेका शाहरुखले छिट्टै नयाँ फिल्म लिएर आउने तयारी गरेका हुन्।
फिल्म ‘जिरो’ पछि शाहरुख, आनन्द एल राय र क्याटरिना कैफले एक पटक पुनः एक साथ काम गर्दैछन्। यो एक्सन फिल्मको निर्माण शाहरुख र आनन्द मिलेर गर्दैछन् भने क्याटरिना मुख्य नायिकाको भूमिकामा देखिने भएकी छिन्।
समाचार अनुसार यो फिल्मको निर्माण आनन्दको कलर यल्लो प्रोडक्सन र शाहरुखको रेड चिलिजले मिलेर गर्नेछन्।
यो कोरियन क्राइम कमेडी फिल्म ‘मिस एन्ड मिसेज कप्स’ को हिन्दी रिमेक हो, जुन ९ मे, २०१९ मा रिलिज भएको थियो। यो फिल्मको निर्देशन अनिरुद्ध गनपथीले गर्नेछन्। गनपथी आनन्दसँग मिलेर लामो समयदेखि फिल्म क्षेत्रमा काम गरिरहेका व्यक्ति हुन्।
फिल्ममा दुई जना नायिका हुनेछन्। स्क्रिप्ट मनपराएपछि हिरोइनमा क्याटरिनाले साइन गरिसकेको र अर्की नायिकाको टुंगो लाग्न बाँकी रहेको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।