काठमाडौं– सशस्त्र प्रहरी बलको नेपाल कमाण्ड तथा स्टाफ कलेज सानोगौचरण काठमाडौंमा संचालित सि.सं. २ ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ मा डिएसपी टोपबहादुर डाँगी उत्कृष्ट भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित उक्त कोर्षको समापन तथा कलेजको तेस्रो वार्षिकोत्सव समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोर्षमा सहभागी अधिकृतहरु मध्ये सर्वोत्कृष्ट हुन सफल डिएसपी डाँगीलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गरेका छन्।
कार्यक्रममा गृहमन्त्री थापाले सुक्ष्म अध्ययन तथा लामो मेहनत पश्चात हासिल गरेका ज्ञान र अनुभवले गतिशिल विश्वमा देखा परेका विभिन्न आयाम एवं भोलीका दिनमा आउन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना सहयोग पुग्ने बताए।
देशको सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त बनाउने कार्यमा खटिएका सुरक्षाकर्मीहरु आपसमा समन्वय गर्दै काँधमा काँध मिलाएर समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने कार्यमा अझै प्रभावकारी ढंगबाट परिचालित हुन उनले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।