• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपनिर्वाचन : 'विकास' शब्दसँगै तर्सन्छन् जनता, उम्मेदवारसँग 'एजेन्डा' नै छैन

64x64
नेपाल लाइभ सोमबार, मंसिर ९, २०७६  २१:४६
1140x725

राजविराज- निर्वाचित वडा अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा चुनिएपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, हाटीमा उपनिर्वाचनको तयारी भइरहेको छ। मंसिर १४ मा हुने उपनिर्वाचन लक्षित गरी उम्मेदवारहरु प्रचार–प्रसारमा जुटेका छन्।

राजनीतिक दलका नेता/कार्यकर्ता र समर्थकहरु घर–घरमा पुगिरहेका छन्। कोही माइकिङ्ग गरेर प्रचार गरिरहेका छन् भने कोही खेतमै पुगेर पनि आफनो पक्षको उम्मेदवारलाई भोट दिन आग्रह गरिरहेका छन्। हरेक गल्ली/सडकमा झन्डा र ब्यानर झुन्ड्याइएका छन्। घरका भित्ता–भित्तामा पम्प्लेट टाँसिएको छ।

उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकको चहल–पहल बढेको छ। तर, मतदातामा भने उति उत्साहित छैनन्। हाटीमा करिब ३ सय २५ घरधुरीको बसोबास छ। त्यस्मा पनि करिब १ सय घर दलित, भुमिहीन र विपन्न छन्। खासगरी ती बस्तीमा चुनावको उत्साह कम छ।

गुनासै गुनासो
हाटीमा राम, सदा, साफी, रजकलगायतका दलितहरुको बसोबास छ। वडा मात्रै होइन, गाउँपालिकामै उनीहरूको भोट निर्णायक हुने गरेको छ।

तर, तुलनात्मक रुपमा उनीहरुले नै विकास/निर्माणको अनुभव गर्न कमै मात्र पाएका छैनन्। दलित बस्तीमा सबैभन्दा ठूलो समस्या भनेको गाँस, बास र कपासकै हो। अधिकांश दलित परिवार भुमिहीन छन्, बसेको झुप्रो पनि ऐलानी जग्गामा छ। ज्याला मजदुरी गरेर उनीहरुले मुस्किलले घरव्यवहार चलाइरहेका छन्। 

यति मात्र होइन, खानेपानीदेखि शौचालयसम्मको अभाव छ। देशै खुल्ला दिशामुक्त घोषणा हुँदा पनि कतिपय घरमा अहिले पनि शौचालय निर्माण भएको छैन। शौचालय बनाउन जग्गा अभाव र जग्गा भएकाका लागि पैसा नहुँदा शौचालय नबनाएको ६४ वर्षीय अयोधि सदा बताउँछन्। ‘जस्को झुप्रो अटाउने पनि ठाउँ छैन, उसले कसरी शौचालय बनाउँछ?’ उनी भन्छन्, ‘जसको घरमा शौचालय छ, उनीहरुले पनि बनाउनै पर्ने भएकाले बनाएका मात्र हुन्, प्रयोग गर्न मिल्दैन।’

गाउँमा बिजुली पुगेका १० वर्ष बित्यो। सदा बस्तीको बीचबाट बिजुलीको तार टाँगिएको छ। तर, आँगनमै पोल र छानामाथि तार हुँदा पनि आफूहरूले बिजुली बाल्न नपाएको स्थानीय जिलेवी सदाले गुनासो गरे। पैसाको सधैं अभाव र भूमिहीन भएका कारण आफूहरूले बिजुली बाल्न नपाएको उनको भनाइ छ। ‘मिटरका लागि जग्गा धनीपुर्जा वा धरौटी बुझाउनु पर्छ,’ उनले थपे, ‘ऐलानी जग्गामा बस्ने र बिहान कमाएर बेलुका खानुपर्नेसँग न त धनीपुर्जा हुन्छ, न त धरौटी नै।’

Ncell 2
Ncell 2
nimb
nimb

गत बैशाखमा विद्युत कार्यालयले सप्तरीका करिब १ हजार ५ सय अति विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरे पनि आफूहरूले नपाएको उनले गुनासो गरे। ‘सुरुमा त हामीले जानकारी नै पाएनौं,’ उनी भन्छन्, ‘अन्तिम अवस्थामा जानकारी पायौं, तर वडा कार्यालयले सिफारिस दिन पनि बहाना बनाएपछि मिटर पाउने सम्भावना सकियो।’

करिब ७५/८० घर रहेको सदा बस्तीका जितेन्द्र, कारी, नारायण, संजु, भानु र मनु गरी ६ जनाको घरमा मिटर रहे पनि अन्य घरमा अहिलेसम्म पनि बिजुली नबलेको जिलेवीले सुनाए। 

वडामा स्वास्थ्य संस्था समेत छैन। सामान्य बिरामी पर्दा पनि अन्यत्र धाउनुपर्ने बाध्यता रहेको भन्दै सदा बस्तीमा ठूलो गुनासो छ। ‘छोराछोरी बिरामी परे भने काम माया मारेर अस्पताल कुद्नु पर्छ,’ स्थानीय रम्भाकुमारी सदाले भन्छिन्, ‘उपचारको खर्च त लाग्ने नै भयो, काम गर्न नपाएपछि के खाने भन्ने समस्या पनि सुरु हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विकास शब्दसँगै तर्सन्छन् जनता
स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिले गाउँको विकास गर्लान् र सर्वसाधारणको जीवनस्तर सुधार होला भन्ने अपेक्षा थियो। तर, हाटीस्थित दलित बस्तीमा भने ‘विकास’ शब्दले नै त्रास उत्पन्न गराएको छ। विकास भन्ने बित्तिकै उनीहरु तर्सन थालेका छन्।

स्थानीय रघुनी सदाका अनुसार गत भदौ महिनामा मुसहरीदेखि जीवछ यादव र कुशेश्वर यादवको घरसम्म पुग्ने बाटो बनाउने सहमति बन्यो। करिब ७५ लाखको बजेट प्राप्त भएपछि करिब २ मिटरको बाटोलाई दायाँबायाँ बढाएर ५ मिटर बनाउने र ढलान गर्ने निर्णय भयो।

बाटोको चौडाई बढाउने निर्णयले सदा बस्तीका अधिकांश घर भत्किने भएपछि उनीहरुले विरोध गरे। भत्किएका घर मर्मतका लागि आवश्यक बजेट दिने भन्दै गाउँपालिकाको वाचापश्चात रघुनी, पर्शुराम, नन्दी, ढराई, कान्छालगायत करिब १२ जनाको घर वर्षाको समयमा डोजर लगाएर भत्काइयो। तर गाउँपालिकाले दिने भनेको पैसा नदिएपछि दलित परिवारको बिचल्ली भयो। स्थानीय एक नेताले व्यक्तिगत लगानीमा प्लास्टिक किनेर दिएपछि आफूहरुले ओत लाग्ने ठाउँ पाएको पीडितहरू बताउँछन्।

अहिले करिब ४ सय मिटर बाटो ढलान भएको छ। गाउँको बीचबाट गएको सडक हिँडडुलका लागि सहज भए पनि घरै भत्काएर बिचल्ली बनाउने विकास आफूहरुलाई नचाहिएको उनीहरु बताउँछन्।

कार्यवाहक वडाअध्यक्ष विन्देश्वर यादवले भने समाजको सहमतिमै बाटो ढलान गर्ने निर्णय भएको बताए। स्थानीय दिनेशकुमार यादव (भोला)ले पछिल्लो चरणका विकास निर्माणले सर्वसाधारणको जीवनस्तरमा सुधार नआएको भन्दै दलितका पक्षमा काम गर्ने इमान्दार उम्मेवदारलाई अध्यक्षमा जिताउनुपर्ने बताए।

उम्मेदवारका प्रतिबद्धता
छिन्नमस्ता-७ मा वडाध्यक्षका लागि २ स्वतन्त्रसहित ७ जनाको प्रतिस्पर्धा छ।

कांग्रेसका उम्मेदवार अच्छेलाल यादव

नेकपाका अच्छेलाल यादव, कांग्रेसका शिवनारायण मण्डल, राष्ट्रिय जनता पार्टी (राजपा)का प्रमिलादेवी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीका सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीका दिनेशकुमार यादवले उम्मेवदारी दिएका छन्।

यसैगरी नुरहुसन मंसुरी र धीरेन्द्रकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी राजपाकी प्रमिलादेवी यादव छिन्नमस्ता–७ का निर्वाचित अध्यक्ष प्रभाकर यादवकी पत्नि हुन्।

प्रभाकर जिल्ला समन्वय समितिको प्रमुख भएपछि वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो।

राजपा उम्मेदवार प्रमिलादेवी यादव

वडाध्यक्षका उम्मेदारहरुले गाउँमा विभिन्न खाले प्रतिबद्धता जनाइरहेका छन्।

राप्रपाका गजेन्द्र मण्डलले गाउँमा चर्पी, श्मसानघाट, खानपानी र स्वास्थ्य संस्थालाई एजेन्डाका रुपमा अगाडि बढाएका छन्। ‘मेरा प्राथमिकता जनताको जनजीविकाका विषयमा केन्द्रित छ,’ उनी भन्छन्, ‘त्यसबाहेक सरकारी कार्यालयमा हुने हेपाहा प्रवृत्तिविरुद्ध पनि म जनतालाई साथ दिनेछु।’

राप्रपा उम्मेदवार गजेन्द्र मण्डल

राजपाकी उम्मेदवार प्रमिला यादवले पनि जनताको सेवासुविधाका लागि शिक्षा, स्वास्थ्य, बाटोघाटोलगायतका हरेक क्षेत्रमा आफूले काम गर्ने बताइन्। तर, नेकपाका उम्मेदवार अच्छेलाल यादवले भने आफूलाई ‘एजेन्डविहीन उम्मेदवार’ का रुपमा प्रस्तुत गरिरहेका छन्।

'मेरो आफनो कुनै एजेन्डा छैन। साधन, स्रोत र नियमको परिधिभित्र रहेर जनताले जे गर्न भन्छन्, म त्यही गर्छु,’ उनी भन्छन्, ‘ठूला वाचा गरेर जनतालाई ढाँट्ने अनि चुनाव जितेपछि बालुवा र माटोको काम गरेर पैसा कमाउने विषय मेरो प्राथमिकतामा छैन।’ सबै पक्षलाई मिलाएर काम गर्न आफू तयार रहेको र पहिलो प्राथमिकतामा दलित र भुमिहीन बस्ती हुने उनले बताए।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्