काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) घोटालाको आरोपमा अख्तियारद्वारा कृषि विकास बैंकका ८ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर, २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो दाबी।
२) ’भिजिट नेपाल’ २०२० को उद्घाटन पशुपतिमा १ सय ८ शंख ध्वनी बजाएर भ्रमण वर्षको उद्घोष गरिने, पर्यटक स्वागत गर्न विमानस्थलमा हात्ती।
३) सरकारी कर्मचारीले लुकाए २५ सुनचाँदी पसलका गहना, वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय बर्दियाका कर्मचारीको पनि संलग्नता, ११ ग्रामसम्म सुन गायब।
४) डिस्को कान्डमा परेका खेलाडी साग फुटबलबाट पनि बाहिर, विमल, अञ्जन र दिनेशको स्थानमा राजेश, प्रेजेन र राजीव, नेपालले स्वर्ण जित्ने दाबी।
५) र, कङ्गोको गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि उडान भरेको विमान आवास क्षेत्रमै दुर्घटना ग्रस्त, १७ यात्रु र चालक दलका दुई सदस्यसहित २४ जनाको मृत्यु।
अब पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।