काठमाडौं- १२ सय मेगावाटको बुढिगण्डकी जलविद्युत् परियोजनामाथि सरकारले राष्ट्रघात गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आरोप लगाएको छ।
पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर ५ रुपैयाँ कर बापत उठाइएको रकम ३८ अर्ब रुपैयाँ जम्मा भइसकेको तथ्यांक प्रस्तुत गरेका छन्।
सरकारले परियोजना बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिएको प्रति आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ,‘नेपाली आफैंले निर्माण गर्न जरूरी र संभव ठहर गरिएको बुढीगण्डकी परियोजनामा संभव सपनाको हुर्मत लिइयो।’
सरकारले सुम्पिएको कम्पनीले निर्माण गर्नेमा कांग्रेसले गम्भिर आशंका व्यक्त गरेको छ। कागजी प्रक्रियाको व्यवस्थित टुंगो समेत नगरेर विवादास्पद कम्पनी सम्पर्कविहिन बनेको कांग्रेसले जनाएको छ।
कांग्रेसले सरकालाई, ‘बुढीगण्डकीमा घात गरिनु राष्ट्रवाद कि राष्ट्रघात? उठाइसकिएको र उठाउन जारी रहेकोे रकमको भविष्य के हुन्छ?’ भन्दै प्रश्न गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।