काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियालसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
आइतबार साँझ साढे ५ बजे फ्लाई दुबईको जहाजबाट दुबई जान लागेका अस्फाक मिराज (पुरुष)लाई पक्राउ गरिएको हो।
सो रकम अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।
उनको साथबाट मोबाइल एक थान समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
फ्लाई दुबईको उडान नम्बर एफजेड-५७६ बाट दुबई जान लागेका वर्ष ४८ वर्षीय मिराजको ब्याग जाँच गर्ने क्रममा सो रकम फेला परेपछि अनुसन्धानका लागि प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनको खैरो रंगको ब्यागमा फल्स बटम बनाई साउदी रियाल ५०० दरको ३१८ थान पाइएको थियो।
फेला पारिएकाले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।