काठमाडौं– स्वास्थ्य मन्त्रीबाट हटाइएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
उनले सोमबार अपरान्ह मन्त्रालय गएर कार्यभार सम्हालेका हुन्। पोखराबाट काठमाडौं फर्किएलगत्तै उनी मन्त्रालय गएका हुन्। यादव निजी गाडी चढेर मन्त्रालय प्रवेश गरेका थिए।
'धेरै मन्त्रालयको अनुभव होस् भनि परिवर्तन गर्नुभएको होला' पदभार ग्रहणपछि कानून मन्त्री यादवले भने, 'अलि बढी नै माया गरेर पनि हुनसक्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।