काठमाडौं– बाल विवाह मुद्दाका एक दोषीलाई पर्सा प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२५ डेरा गरी बस्ने बारा प्रसौनी गाउँपालिका–१ घर भएका ३४ वर्षीय उमेश राउत छन्।
उनीविरुद्ध जिल्ला अदालत पर्साको २०७३ जेठ ३१ गतेको फैसलाले बाल विवाह मुद्दामा १ बर्ष ३ महिना कैद र ५ हजार रुपैयाँ सजाय सुनाएको थियो।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उनलाई आफ्नै डेरा कोठामा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
राउतलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।