काठमाडौं– ललितपुर महानगरपालिका–१२ लगनखेलस्थित डिउटीमा खटिएका प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोज्ने एकजना पक्राउ परेका छन्।
२ हजार दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा खटिएको प्रहरीले बा ८८ प ६१२ नम्बरको स्कुटर जाँच गर्दा स्कुटरमा सवार उनीहरुबाट प्रहरीले ५० ग्राम गाँजा फेला पारेको थियो।
सो क्रममा उनीहरुले प्रहरीलाई घुस दिएर उम्कन खाजेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।