काठमाडौं– काठमाडौं महानगरपालिका– १५ चारुमतीस्थित ह्याण्डीक्राप्ट कारखानाका सामान चोरी गर्ने ४ जना पक्राउ परेका छन्।
काभ्रे तेमाल गाउँपालिका–४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट करिब १२ लाख रुपैयाँ मूल्य बराबरका सामान चोरी गर्ने चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१५ बनस्थली डेरा गरी बस्ने काभ्रे नमोवुद्ध नगरपालिका घर भएका दयाराम गहतराज, काभ्रे धुलिखेल नगरपालिका- १ घर भएका २४ वर्षीय रोशन लामा, ३० वर्षीय मानबहादुर विक र २२ वर्षीय राम लाल तामाङ रहेका छन्।
गत शनिबार उक्त कारखानामा भएको चोरीको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी भएको सामानसहित पक्राउ गरेको हो।
उक्त ह्याण्डिक्राप्टबाट पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।