काठमाडौं- कान्तिपुर दैनिकको अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलाशमा पेशी तोकिएको छ।
प्रधानन्यायाधीशको चा वटा जन्ममिति भनी समाचार लेखेर अदालतको अवहेलना गरेको अभियोगमा दर्ता भएको मुद्दामा दोस्रो सुनुवाईका लागि प्रधानन्यायाधीश पराजुलीले श्रेष्ठ र शाहीको इजलाश तोकेका हुन्। यसअघि एकल इजलाशमा आफू विरुद्धको मुद्दा प्रधानन्यायाधीश श्रेष्ठ आफैंले सुनुवाई गर्दै तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश गरेका थिए।
१३ गते जारी भएको आदेशका आधारमा कान्तिपुरका प्रकाशक कैलास सिरोहिया , प्रधान सम्पादक सुधिर शर्मा र संवाददाता कृष्ण ज्ञवाली सर्वोच्च अदालत बयान दिन पुगेका छन्। उनीहरुको बयान इजलाश नम्बरर ५ मा चलिरहेको छ। सबै पक्षको बयानपछि आजै सुनुवाई सुरु हुनेछ।
गत शुक्रबार नै उनीहरु अदालत उपस्थित भए पनि बयान लिनका लागि समय अभाव भएपछि आइतबारलाई पेशी राखिएको थियो।
सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता तोयनाथ ढुंगानाले दायर गरेको अवहेलना मुद्दामा तीनदिनभित्र आफैं उपस्थि हुनु भनी आदेश जारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।