काठमाडाैं- १ लाख ५९ हजार साउदी रियालसहित भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतिय नागरिक ४७ वर्षीय अस्फाक मिराज पक्राउ परेका छन्।
उनलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ लाख ५९ हजार साउदी रियालसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाभित्र फल्स बटम बानाई लुकाई छिपाई राखेको ५ सय दरका ३ सय १८ थान गरी उक्त रकम बराबरको साउदी रियाल प्रहरीले फेला पारेको हो।
पक्राउ परेका भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।