काठमाडौं- मन्त्रालयगत कार्य सम्पादन समीक्षा बैठक आज बस्दै छ। बेलुका ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रीहरु र सचिवहरुलाई बोलाइएको एक मन्त्रीले जानकारी दिए।
गत साउन १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच छुट्टाछुट्टै ‘कार्यसम्पादन सम्झौता’ भएको थियो। सोही अनुसार मन्त्रीहरुले पनि सचिव तथा विभागीय प्रमुखहरुसँग अर्को सम्झौता गरेका थिए।
सम्झौतामा उल्लेख भए अनुसारको कार्य प्रगति भए नभएको विषयमा चार/चार महिनामा मूल्यांकन गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उच्चस्तरीय संयन्त्र स्थापना गरिने बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।