पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको घरमा पार्किङ गरेर राखिएको गाडीमा सोमबार सबेरै बम विष्फोट भएको छ।
बिहान करिब पौने तीन बजेतिर बम विष्फोट भएको हो। अध्यक्ष आचार्यको पोखरा महानगरपालिका– १७ स्थित घरमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा बम विस्फोट भएको हो। विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।
विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। आचार्य पोखरा–१७ हिमालीटोमा बस्दै आएका थिए।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।