काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) चितवन मेडिकल कलेजका विद्यार्थीले आयोजना गरेको विरोध र्यालीमा अभिभावकहरु समेत सहभागी, शूल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीको चेतावनी।
२) प्रधानमन्त्री ओलीको सहमतिमा भारतले नक्सा सार्वजनिक गरेकोे कांग्रेस सभापति देउवाको भनाइ नै पत्यार नलागेको सञ्चारमन्त्रीको प्रतिक्रिया, प्रधानमन्त्रीमाथि प्रश्न उठाउनु लज्जास्पद भएको तर्क।
३) लाइसेन्समा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराउने कार्यालय प्रमुखसहित ३८ जनालाई भ्रष्टाचार मुद्दा, सय रुपैयाँदेखि साढे ८ लाखसम्म बिगो दाबी।
४) साग सुरु हुन सात दिन बाँकी, पोखरा रंगशालामा ५ हजार क्षमताको कुर्सी हाल्ने प्याराफिट निर्माणकै काम सकिएन, मैदानमा दुबो उमार्न पनि बाँकी।
५) र, इराकको सैन्य खुफिया हेडक्वाटरमा आईएसआईएसको जीवनशैली प्रस्तुत गर्ने संग्रहालय, अपराधिक मानसिकता बुझ्न सबै किसिमका प्रमाणहरु संकलन गरिएको तर्क।
अब पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।