जनकपुरधाम- जनकपुरमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत मैदामिल नजिक ज ९ प ४४ ८९ नम्बरको मोटरसाइकल र अन्टेस्ट मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो। घटनास्थलमै मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १४ मुजेलियाका २८ वर्षीय प्रवीणकुमार राउत र वडा नं. १९ बैँगाका २२ वर्षीय कृष्णा साह रहेका छन्।
दुवै मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।