• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नसोची बोल्ने देउवा, क्षति व्यहोर्ने पार्टी

64x64
नेपाल लाइभ आइतबार, मंसिर ८, २०७६  १७:३५
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेर बहादुर देउवाको अभिव्यक्तिले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा महत्त्व पाउनु स्वभाविक हो। तर, पछिल्ला केही महिनायताका उनका अभिव्यक्तिले भने विवाद निम्त्याउने गरेको छ। पार्टीभित्र र बाहिर पनि उनको विरोध हुने गरेको छ।

विभिन्न कार्यक्रममा सम्बोधन गर्ने क्रममा मञ्चमा व्यक्त विचारकै कारण सबैतिर आलोचित भएपछि देउवाले बेलाबेलामा स्पष्टीकरण पनि दिदै आएका छन्। तर, न उनको विवादास्पद अभिव्यक्तिले पूर्णविराम पाएको छ, न आलोचनाले।

पछिल्लो समय चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखरामा दिएको अभिव्यक्तिले उनी आलोचित भए। यस्तै केही प्रसंगलाई नेपाल लाइभले सम्झना गरेको छः

सन्दर्भ १ 
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई २०७५ फागुनको २८ मा सरकारले प्रतिबन्ध लगायो। त्यसको भोलिपल्ट विराटनगर पुगेका कांग्रेस सभापति देउवाले सरकारको निर्णयलाई स्वागत गरे।

विराटनगरमा बोल्ने क्रममा विप्लव नेकपाप्रति कठोर देखिएका देउवाले विप्लव नेकपाले सार्वजनिक र निजी सम्पति तोडफोड गरेको बताए। जनतामा त्रास सिर्जना गर्ने कार्यमा विप्लव नेतृत्वको नेकपा उद्दत रहेकाले प्रतिबन्ध लगाउनु उचित भएको उनको तर्क थियो।

देउवा आफ्नो बोलीमा एक साता पनि अडिन सकेनन। चैत २ मा पाल्पा पुगेका देउवाले विप्लव नेकपालाई वार्तामा ल्याई सहमति खोज्नुपर्ने बताए। 

देउवाको परस्पर विरोधी विचार आएपछि त्यसले पार्टीको आधिकारिक धारणामाथि प्रश्न उठ्यो। पार्टी सभापतिको बोलीलाई प्रवक्ता विश्वप्रकाश शर्माले बचाउ गर्नुपर्ने अवस्था आइपर्‍यो। देउवाको बोलीका सन्दर्भमा प्रवक्ता शर्माले ‘अस्पष्टता र भ्रम निवारणार्थ’ विज्ञप्ति निकाले।

प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको थियो, ‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न। अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ।’

Ncell 2
Ncell 2
nimb
nimb

पाल्पामा सभापति देउवाले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै शर्माले विज्ञप्तिमा ‘निषेधले होइन वार्ताले समाधान’ हुने सरकारलाई सुझाए।

सन्दर्भ २
सरकार र पृथकतावादी राजनीति गर्दै आएका सिके राउतसँग फागुन २४ मा ११ बुँदे सहमति भएको थियो। फागुन २८ मा पोखरा पुगेका देउवाले प्रतिक्रिया दिए, ‘नेपालको भू–भाग टुक्र्याउने कार्य हामीले स्वीकार्न सक्दैनौं। सिके राउतसँगको सहमतिलाई राष्ट्रघाती कदमको रुपमा लिएको छु। तर मैले पढ्न पाएको छैन, पढ्छु।’

देउवाको अभिव्यक्ति तुरुन्तै फैलिहाल्यो। पढ्दै नपढी सम्झौता बेठीक भनेकोमा उनको अभिव्यक्तिप्रति धेरैले हाँसो व्यक्ति गरे। पार्टी भित्र र बाहिर आलोचना भयो।

सन्दर्भ ३
कात्तिक पहिलो साता कांग्रेसले प्रदेश ३ का महाधिवेशन प्रतिनिधिलाई भक्तपुरमा प्रशिक्षण दिएको थियो। प्रमुख अतिथि र वक्ता दिए सभापति देउवा। देउवाले जघन्य अपराधमा पक्राउ परी अनुसन्धान भइरहेका मोहम्मद आलमको पक्षमा आफुलाई उभ्याए।
सरकारप्रति देउवाको आक्रोश थियो, ‘१२ वर्ष अघिको घटना ब्युँताएर अहिले पक्राउ गर्न पाइन्छ?’, उनले सरकारलाई थप प्रश्न गरे, ‘त्यतिबेला के हेरेर बसेको?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त बोलीले कांग्रेसप्रति आम आक्रोश चुलियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देउवा विरोधी बोली प्रकट भए।

उक्त बोलीले नकरात्मक असर पुर्‍याएपछि कार्तिक २ मा देउवा स्वयंले विज्ञप्ति निकालेर प्रष्ट्याउने प्रयास गरे। 

‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा वाधा पुग्छ’, देउवाको स्पष्टीकरण विज्ञप्तिमा भनिएको छ, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ। नेपाली कांग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन।’

सन्दर्भ ४
देउवाका विवादित अभिव्यक्तिको निरन्तरता शनिबार पनि जारी रह्यो। राष्ट्रिय शक्तिहरु विदेश नीतिमा एकढिक्का हुनुपर्ने विश्वव्यापी मान्यतालाई लत्याउँदै देउवाले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध गम्भीर आरोप लगाए।

चुनावी सभामा बोल्न पोखरा पुगेका देउवाले प्रधानमन्त्रीलाई आरोप लगाउँदै भने, ‘ओली राष्ट्रवादी होइनन्। समर्पणवादी हुन्। ओलीकै सल्लाहमा भारतले नेपाली क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेको हो।’

नोभेम्बर २ मा कालापानी, लिपुलेक लगायतका नेपाली भू–भाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि सत्तारुढ र प्रतिपक्ष दलले विरोध गरिरहेकै छन्। प्रधानमन्त्री ओलीकै सक्रियतामा सर्वपक्षीय बैठक पनि बोलाएर सीमा प्रकरणमा एउटै आवाज बनाउन पहल पनि भएको थियो। नक्सा सार्वजनिक भएको ठीक एक साता पछि सर्वपक्षीय बैठक बोलाइएको थियो। उक्त बैठकमा देउवा पनि सहभागी थिए। देउवाले उक्त समय प्रधानमन्त्रीले भारतलाई नेपाली भू भागको सहितको नक्सा सार्वजनिक गर्न दिएको विषय उठाएनन्।

‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमी नेपालको हो। कालापानी पश्चिमको नदि महाकाली नदि हो', देउवाले बैठकमा राखेको धारणाबारे प्रवक्ता शर्माले भने, ‘सो पूर्वका हाम्रा सबै भू–भाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ। यसका लागि हाम्रो पूर्ण साथ रहनेछ।’

सर्वदलीय बैठकमा भू–भाग फिर्ताका लागि उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्न सुझाए। कांग्रेसले सरकारले गर्ने त्यस कार्यमा पूर्ण साथ रहने समेत प्रतिवद्धता जनाए। उनको प्रतिवद्धतामाथि प्रश्न शनिबारदेखि प्रश्न उठेको छ।

चुनावी लाभका लागि उनले आफ्नै बोली बिर्सिए। प्रधानमन्त्री ओलीलाई आरोप लगाए। देउवाको उक्त बोली पार्टीभित्रै आलोचित बन्न पुगेको छ। पार्टी पनि आलोचित बन्न पुगेको छ।

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आफ्नै सभापति देउवाको टिप्पणीले आफू अचम्मित परेको बताए। अन्तर्राष्ट्रिय र कूटनीतिक मामिलामा सस्तो र हलुका टिप्पणी कुनै पनि दलको नेताले गर्न नहुने उनको धारणा थियो।

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवा बोलीको कडा प्रतिवाद गरे। देउवाको टिप्पणी निन्दा र भर्त्सनायोग्य भएको बताए।

‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओली माथि आरोपित गर्दै पूर्व प्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘तत्कालिक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ। अझैँ चेतेनन्।’

किन हलुका टिप्पणी गर्छन देउवा?
त्यसो त देउवाका अभिव्यक्ति हलुका भएको हालका वर्षमा मात्रै होइनन्। निर्वाचन अघि ‘बिबिसी साझा सवाल’मा दिएको अन्तर्वार्तामा व्यक्त अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो। उसै पनि बदनाम भइरहेको पार्टीलाई उनको अभिव्यक्तिले झनै मलजल गर्‍यो। निर्वाचनमा कांग्रेसको पराजयलाई त्यस अभिव्यक्तिलाई पनि जोडेर हेरिन्छ।

सार्वजनिक मञ्चमा कम बोल्ने देउवाले सार्वजनिक रुपमा बोल्दा त्यसबाट पर्न सक्ने प्रभावको खासै आकलन गरेको देखिँदैन। आफ्नो बोलीले ल्याउने तरंग र त्यसले पार्टीलाई पुर्‍याउने क्षतिको सोच उनले राख्दैनन्। विषयको गहिराईमा पुगेर प्रतिक्रिया जनाउने सीप र धीरता उनमा देखिदैन। हतारमा अभिव्यक्ति दिएर समयक्रममा सच्याउने प्रवृत्ति उनका वैयक्तिक गुण हुन्। 

पार्टीमा गुटलाई प्रश्रय दिने देउवाले आफ्नै गुटका नेताहरुसँग पनि उपयुक्त राय लिएको देखिदैन। प्रमुख प्रतिपक्ष दलका नेता तथा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको निजी सचिवालय नै प्रभावकारी नहुँदा देउवाका बोली चिप्लिने गरेको बताइन्छ।

कांग्रेसको नीति तथा प्रतिष्ठानका सभापति पुर्षोत्तम दाहाल सीमा प्रकरणमा व्यक्त देउवाको बोली आशंकाका रुपमा आएको बताउँछन्। सीमा अतिक्रमणको विषयमा राष्ट्रिय सहमति भएको समय सरकारले सल्टाउन नसक्नुमा देउवाको आशंका हुन सक्ने बताउँदै दाहालले भने, ‘भारतले नयाँ नक्सा निकालेको तीन साता भइसक्यो। राष्ट्रिय सहमति भएको विषयलाई मोदीसँग किन कुरा नगरेको भन्ने हो।’

उनले देउवाको विचारको बचाउ गर्दै भने, ‘लामो समय कुरा नहुँदा मिलेमतोको शंका गर्न पनि नपाइने?’

विवादित अभिव्यक्ति सबै नेताको प्रवृत्ति भएको उनको भनाई थियो। उनले भने, ‘विगतका विवादित बोलीहरु उठाउने हो भने प्रधानमन्त्री ओलीका कति छन् छन्।’

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्