• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?

तीन महिनादेखिको आन्दोलन तुहाउने खेल
64x64
नेपाल लाइभ आइतबार, मंसिर ८, २०७६  १७:२८
1140x725

काठमाडौं- भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चितवन मेडिकल कलेजको उत्तरपूर्वी कम्पाउन्डबाट २ राउन्ड गोली लोड भएको मेड इन युएसए लेखिएको एक थान पेस्तोल शनिबार साँझ फेला पर्‍यो।

कलेजका एक सुरक्षा गार्डले पेस्तोल फेला परेको जानकारी प्रहरीलाई गराएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको पेस्तोल र गोली बरामद गरेको थियो।

कपडाको निलो झोलामा ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, सोहीको म्यागजिन एक थान, गोली दुई थान, थ्री नट थ्रीको फायर भएको खोका एक थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान, एसआरआर राइफलमा लाग्ने फायर खोका ६ थान र विद्युतीय तार बरामद भएको थियो।

पेस्तोल र गोली सहितका यी सामाग्री बरामद भएपछि चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले संयुक्त रुपमा एउटा अर्थपूर्ण विज्ञप्ति निकाले।

जहाँ उल्लेख गरिएको छ, ‘चितवन मेडिकल कलेज परिसरभित्र प्रहरी प्रशासन छिरेर गरिएको अनुसन्धान नामक भ्रामक षड्यन्त्र गरी कलेज प्रशासन स्वयंले हतियार ल्याएको हो ।’

विज्ञप्तिमै कलेज प्रशासनले हतियार ल्याएको सबै विद्यार्थीले देखेको विषय समेत समेटिएको छ।

विद्यार्थीले कलेज प्रशासनमाथि लगाएको यो गम्भीर आरोपलाई प्रहरीको अहिलेसम्मको अनुसन्धानले समेत प्रश्न तेस्र्याउने खालका विषय उठान गरेको छ।

कलेज परिसरभित्र पेस्तोल फेला परेपछि नेपाल लाइभले चितवनका एसपी दानबहादुर मल्ललाई सम्पर्क गरेको थियो। त्यस क्रममा उनले भनेका थिए, ‘पेस्तोल फेला पर्‍यो भन्ने सूचना आएको छ। मान्छे कोही पक्राउ परेको छैन। प्रहरीले मुचुल्का उठाउँदै छ।’

nimb
nimb
Ncell 2
Ncell 2

तर यो बीचमा अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका ६ जना नै कलेजको सुरक्षागार्ड भएको प्रहरीले जानकारी दिएको छ। ‘कलेजको सुरक्षाको जिम्मा लिएर बसेका उनीहरुलाई यस घटनाबारे थाहा हुनसक्छ भनेर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हौं,’ एसपी मल्लले भने।

तर प्रहरीको अहिलेसम्मको अनुसन्धानले घटना भने झनै रहस्यमय बन्दै गएको संकेतहरु देखा पर्न थालेको छ।

सिसीटिभी नै गायब
कलेज परिसरभित्र पेस्तोल र गोली फेला परेपछि प्रहरीले त्यस वरपरका सिसी टिभी फुटेजहरु समेत निकालेर अनुसन्धान सुरु गरेको छ। घटनालाई निकै गम्भीर रुपमा अनुसन्धान गरेको दाबी गरेका चितवनका एसपी मल्लले अनुसन्धानका विभिन्न पाटाहरु केलाउन थालेको बताएका छन्।

तर आश्चर्यको कुरा कलेज आवतजावत गर्दा देखिने वरपरका सिसी टिभी नै गायब नै भएको उनले बताए। ‘हामीले कलेज वरपरका सिसी टिभी फुटेजमार्फत पनि अनुसन्धान गर्ने भन्दै सिसी टिभी फुटेज हेर्न लागेका थियौं। तर पहिला नै सिसी टिभीले काम नगर्ने बनाएको पाइयो,’ एसपी मल्लले भने।

सिसी टिभीले काम नगर्ने बनाएर राख्नु र पेस्तोल भेटिनु संयोगमात्रै नभएकोतर्फ प्रहरीले संकेत गरेको छ।

कलेज प्रशासनले राखेको सिसी टिभीले समेत काम नगर्ने बनाएपछि प्रहरीले व्यवस्थापनतर्फ पनि अनुसन्धान गर्ने संकेत गरेको छ।

यद्यपि यसबारे चितवनका प्रहरी प्रमुख एसपी मल्ल भन्छन्, ‘पेस्तोल ल्याएर राख्ने योजनासहित नै सिसी टिभी हटाइएको छ। कलेज व्यवस्थापनले हटायो या अरुले हटाए, त्यसको छानबिन हुन्छ।’

पेस्तोलको फरेन्सिक जाँच गरिने
कलेज परिसरबाट बरामद भएको पेस्तोल, त्यसको गोली लगायतका विषयमा पनि फरेन्सिक जाँच गर्ने प्रहरीले तयारी गरेको छ। फरेन्सिक जाँचमा घटनास्थलमा बरामद भएका पेस्तोल, गोली, मोबाइल लगायत ‘डिजिटल डिभाइस’ को डिजिटल डाटा संकलन गरेर विश्लेषण गर्ने गरिन्छ।

बरामद पेस्तोलबाट गोली पड्किएको छ/छैन। यसको प्रयोजन भए/नभएको, यसमा उपलब्ध भएसम्म फिंगर प्रिन्टको समेत जाँच गरिने प्रहरीले जनाएको छ।

यी तत्थहरुको विश्लेषण गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले रिपोर्ट दिने गर्छ। प्रहरीले २०७२ सालदेखि अनुसन्धानमा यो विधिको प्रयोग गर्दै आएको छ।

बरामद सबुतको परीक्षण गरिसकेपछि विशेषज्ञको रायसहित सम्बन्धित प्रहरी कार्यालयलाई रिपोर्ट पठाउने चलन छ। फरेन्सिक जाँचको रिपोर्ट आउन भने झन्डै महिना दिनसम्म कुर्नुपर्ने हुन्छ।

प्रहरीले कलेज परिसरमा भेटिएको पेस्तोल, गोली, तार, म्याग्जिन लगायतका सबुतहरु फरेन्सिक जाँचमा पठाउने तयारी गरेको जनाएको छ।

तीन महिनादेखिको आन्दोलन तुहाउन ‘कार्ड’ बन्यो पेस्तोल
करिब तीन महिना अघिदेखि मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित थिए। मेडिकल कलेजले ४२ लाख ४५ हजार रुपैयाँ लिनुपर्नेमा अतिरिक्त शुल्कको नाममा थप ६ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै विभिन्न चरणमा विद्यार्थीले आन्दोलन गर्दै आएका थिए। सोही क्रममा चितवन मेडिकल कलेजका विद्यार्थी समेत कलेज प्रशासन विरुद्ध आन्दोलन गर्दै काठमाडौंसम्म आएका थिए।

उनीहरु यही मुद्दालाई लिएर त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयसम्म पुगेका थिए।

विद्यार्थीको आन्दोलनले उग्र रुप लिएपछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा गत असोज ४ गते सर्वपक्षीय बैठक भएको थियो। जसमा कलेजले कात्तिक १८ गतेभित्र रकम फिर्ता तथा समायोजन गर्नुपर्ने सहमति भएको थियो।

उक्त सहमति नभएपछि पुनः आन्दोलनमा उत्रिएका विद्यार्थीको आन्दोलन तुहाउन प्रशासनले ‘कार्ड’ को रुपमा पेस्तोलको प्रयोग गरेको विद्यार्थीको आरोप छ।

विद्यार्थीको उक्त आरोप चितवन मेडिकल कलेजका अध्यक्ष हरिशचन्द्र न्यौपाने भने स्वीकार्न तयार छैनन्। कलेज प्रशासनबाट पेस्तोल राखेर फसाउने काम सोच्न पनि नमिल्ने उनको बताए।

प्रहरी-प्रकाश सवाल-जवाफ
चितवन मेडिकल कलेजको आन्दोलनको नेतृत्व गरेका प्रकाश चन्दले षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको बताएका छन्। उनका अनुसार आज आइतबार हुने आन्दोलनको तयारी विद्यार्थीहरुले गरिरहेका थिए।

उनी भन्छन्, ‘आजको आन्दोलनको तयारीको लागि होस्टेलबाट अरु साथीले बोलाएपछि म त्यतै गएँ। अरु बेला जस्तै होस्टल सामान्य नै थियो। म होस्टल नजिकैको बिडिएस हलमा गएँ। त्यहाँ ब्यानर र पम्प्लेट बनाइरहेका साथीसँग भेट गरे। र, एकछिन छलफल गरेँ।’

त्यसपछि भने घटनाले नाटकीय रुपमा नयाँ मोड लिएको देखिन्छ। ‘त्यसपछि गार्ड दाइ आउनुभयो र तपाईं र प्रवीणलाई मूल गेटमा प्रहरीले बोलाएको छ भन्नुभयो,’ प्रकाशले भने।

प्रकाश अन्य साथीहरुसँगै मूल गेटतर्फ गए। त्यहाँ प्रहरीको बाक्लो उपस्थिति थियो। त्यसपछि अन्य साथीहरुले प्रकाशलाई प्रहरी भएतर्फ नजान सुझाएका थिए।

प्रहरीको बाक्लो उपस्थिति देखेपछि प्रकाशले प्रहरीलाई के गर्न खोजेको भनेर सोधेका थिए। प्रहरीको भनाइ उद्धृत गर्दै प्रकाशले भने, ‘केस धेरै सेन्सेटिभ छ। अवैध सामानसहित मान्छे छिरेको छ र तपाईंलाई पक्राउ गर्ने भन्ने माथिको आदेश छ।’

प्रहरीले यस्तो जवाफ दिएको केही समयमै प्रिन्सिपल ममता तिवारी, अरुण कोइराला र प्रहरी टिटी कोर्टतिर गएको र सादा पोशाकका प्रहरीले केही सामान राखेर फोटो खिचेको प्रकाशले बताएका छन्।

त्यसको केही समयमै होस्टलमा हतियार भेटियो भन्दै प्रचार गरेर फसाउन खोजिएको प्रकाशको आरोप छ।

विद्यार्थीको मागप्रति अनेरास्ववियुको ध्यानाकर्षण
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेडिकल विद्यार्थीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण गराएको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि गरिएको दमन, षड्यन्त्र र ज्यान मार्नेसम्मका धम्कीहरुले थप आक्रोशित बनाएको विज्ञप्तिमा उल्लेख छ।

युनियनले शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीलाई होस्टलमा बस्ने र जीवनको सुरक्षाको प्रबन्ध मिलाउन प्रशासनलाई सचेत गराएको छ। साथै सरकारले पछिल्लो पटक दिएको १५ दिनको समय सीमाभित्र शुल्क कार्यान्वयन र समायोजन गर्न पुनः मेडिकल कलेजहरुलाई आग्रह समेत गरेको छ।

निर्धारित समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेसन खारेज गर्न, अध्ययनरत विद्यार्थीहरुको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडि बढाउन सरकारलाई युनियनले आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार, वैशाख १०, २०८३
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्