काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्न नसकेको आरोप लगाएको छ।
सरकार बनेको २१ महिनासम्म पनि शान्ति सुरक्षाको स्थितिमा आएको प्रतिकुलताको उल्लेख कांग्रेसले गरेको छ। शान्ति सुरक्षाको अवस्था नाजुक रहेको दृष्टान्त देखाउँदै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा २ जनाको हत्या भएको उल्लेख गरिएको छ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १६ महिना पुग्दासम्म दोषीहरुलाई कठघरामा उभ्याउन सरकारले नसकेको कांग्रेसको आरोप छ। उपत्यकमा अपहरण तथा व्यक्ति हत्या बढेको कांग्रेसको निष्कर्ष छ। दुई बालकको अपरहरण पछि हत्या,पूर्व राजदूत केशव झाको हत्या उपत्यकामा भएको कांग्रेसले तथ्य प्रस्तुत गरेको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा वर्तमान सरकारले कांग्रेस कार्यकर्तालाई सुरक्षा दिन नसकेको जनाइएको छ। यसै अवधीमा विप्लव नेकपाकोे हिंसात्मक गतिविधि बढेको कांग्रेसको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।