काठमाडौं- सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैदको फैसला सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ माछापोखरीका २६ वर्षीय छविलाल तामाङ छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले रातोपुलबाट पक्राउ परेको हो।
महानगरीय प्रहरी परिसर ललितपुरको जाहेरीले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा उनलाई १ वर्ष कैदको फैसला सुनाएको थियो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।