काठमाडौं- धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा अवैध रुपमा चितुवाको छाला किनबेच गर्न लागेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ बस्ने ३८ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञान बहादुर बिक, सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय आषिश तामाङ, बेनिघाट रोराङ गाउँपालिका–२ बस्ने ५७ वर्षीय सन्त तामाङ र सोही गाउँपालिका–३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका छन्।
उक्त स्थानमा चितुवाको छाला किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चितुवाको छाला १ थान, बा १८ प ९६९३, ग ६प १६४५ र ग ७ प ५९६३ नम्बरका ३ वटा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।