काठमाडौं- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले योगदानमा आधारित सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानून मन्त्रालयको राय लिने निर्णय गरेका छन्।
श्रम मन्त्रालयकाे जिम्मेवारी सम्हालेपछिकाे याे उनकाे पहिलाे निर्णय हाे। पदभार ग्रहण गरे लगत्तै मन्त्री यादवले सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानून मन्त्रालयसँग राय लिने पहिलो निर्णय सदर गरेका हुन्।
उनले निर्वतमान मन्त्री गोकर्ण विष्टबाट अधुरा रहेका कामलाई पूरा गर्ने प्रण यसअघि नै गरिसकेका थिए।
मन्त्री यादवले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरी बिहीबार नै कार्यभार सम्हालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।