काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणा स्वास्थ्य उपचारका लागि भारत गएका छन्।
आयुर्वेदिक पद्दतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ। अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने छन्। भारत बसाइका क्रममा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम रहेको बताइएको छ।
सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। उनी फागुन २४ मा स्वदेश फर्कनेछन्। यसअघि पनि उनी उपचारकै क्रममा करिब तीन साता भारत बसेर तीन दिनअघि मात्र नेपाल फर्किएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।