चितवन- पौडी खेल्न गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन्। भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा उनी पौडी खेल्न गएका थिए।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।