काठमाडौं– जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले राईलाई तत्काल प्राप्त प्रमाणको आधारमा थुनामा पठाउने आदेश गरेको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले राईलाई बलात्कार गरेको अभियोगमा भन्दै सात देखि १० वर्गसम्म कैद सजाय माग गरेको थियो। उक्त मुद्दामा राईको बयान र थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले उनलाई थुनामा पठाएको हो।
राईले कार्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो।
काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो। आफ्नै साथीको बहिनीलाई भैलो खेल्न बोलाएर राइले वलत्कार गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।