पाेखरा- संवैधानिक परिषद्सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेशप्रति नेपाली कांग्रेसले असहमति जनाएकाे छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधानविपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताए।
डेमोक्रेटिक लर्यस एसोसियसनको पाेखरामा भएकाे वार्षिक साधरणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले अध्यादेश ल्याएर नियुक्ती हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए।
पौडेलले भने, ‘म सम्माननिय राष्ट्रपति ज्यूलाई आग्रह गर्न चाहान्छु। उहाँ यो संविधान अन्तरगत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रिक अध्यादेशमा लालमोहर लगाउनू हुँदैन।’
पौडेलले संवैधानिक परिषद् गठनसम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।