नुवाकोट– सडक विस्तारको क्रममा दैनिक ६ घन्टा बन्द हुँदै आएको गल्छी–त्रिशुली स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावतका लागि बन्द नहुने भएको छ।
नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि सुरु भएको महोत्सवलाई लक्षित गर्दै उक्त सडकखण्ड ११ दिन बन्द नगर्ने आयोजनाले जनाएको छ। महोत्सवमा आउनेहरुलाई सहज आवतजावतका लागि फागुन १६ देखि २६ सम्म यातायात बन्द नगर्ने सहमति भएको हो।
सडक स्तरोन्नतिका लागि फागुन १ देखि प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा लगाइएको रोक हाललाई खुला भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।