काठमाडौं- कान्तिपुर दैनिक विरुद्धको अवहेलना मुद्दाको पेसी आइतबारको लागि सरेको छ।
प्रधानन्यायधीश गोपाल पराजुलीको जन्ममिति र नागरिकता विवादबारे कान्तिपुर दैनिकमा लगातार समाचार प्रकाशित भएपछि अवहेलनाको मुद्दा परेको थियो।
सोही मुद्दामा सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुलीको एकल इजलासले एकहप्ता अघि कान्तिपुरलाई बयानका लागि बोलाएको थियो।
शुक्रबार बयानका लागि कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा तथा संवाददाता कृष्ण ज्ञवाली सर्वोच्च अदालत पुगेका थिए।
पब्लिकेशन्सको टोली शुक्रबार सर्वोच्चमा बयान दिन उपस्थित भए पनि समय अभाव भएको भन्दै पेसी सारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।