काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनका बारेमा सामाजिक सञ्जालमा नेकपाकै नेताहरुले विभिन्न टिप्पणी सार्वजनिक गरिरहेका छन्।
मन्त्रीमण्डल पुर्नगठनबारे बिहानै नेकपा नेता प्रभु साहले 'लेनदेनको आधारमा' भनी टिप्पणी गरेका थिए।
अर्का नेता भीम रावलले चार बुँदे टिप्पणी सार्वजनिक गरेका छन्।
नेकपाका पश्चिम सुदुर पश्चिम प्रदेशका इन्चार्जसमेत रहेका रावलले नेकपाका सच्चा र इमान्दार कार्यकताका लागि सोचनीय र गम्भीर कुरा भन्दै टिप्पणी गरेका छन्।
नेता रावलले सरकारमा सहभागी हुने मन्त्री चयनमा राष्ट्रपतिको संलग्नताबारे पनि प्रश्न उठाएका छन्।
'संविधानले मयार्दित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी पक्ष, विपक्ष, राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो?' रावलको प्रश्न छ।
'नेकपाको उच्छितो काड्नेहरू' भन्दै उनले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीप्रति टिप्पणी गरेका छन्।
धनबल र पुँजीबाट राजनीतिमा आएका उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई मन्त्री बनाएकोप्रति पनि टिप्पणी गरे।
महिलालाई कम सहभागिता गराएको पनि रावलले असन्तुष्टि व्यक्त गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।