काठमाडौं– राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सिरिया नरसंहारको विरोध गरेको छ। गठबन्धनले सो देशमा भइरहेको नरसंहारलाई शब्दमा व्याख्या गर्न गाह्रो हूने पनि बताएको छ।
गठबन्धनका संयोजक र महासचिव क्रमशः शमीम अन्सारी र मोहम्मद जाकिर हुसैनले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै सिरिया घटनामा संयुक्त राष्ट्र संघको मौनता लज्जास्पद भएको बताएका हुन्। 'निर्दोष नागरिकको निर्मम नरसंहारलाई कुनै पनि हालतमा सहन गर्न सकिँदैन', विज्ञप्तीमा भनिएको छ।
'संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई सिरियामा भइरहेको अन्तर्राष्ट्रिय मानव अधिकार तथा युद्ध नीतिको उल्लंघनमाथि आवश्यक कारबाही गर्न राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अपील गर्दछ', विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।