काठमाडौं- कान्तिपुर दैनिकका सञ्चालक र पत्रकारले अदालतको अवहेलना मुद्दामा आज बयान दिँदैछन्।
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिको आधिकारितको विषयमा लगातार समाचार सम्प्रेषण गरिरहेको कान्तिपुर दैनिकमाथि अदालतको अवहेलना मुद्दा परेको थियो।
प्रधान्यायाधीश पराजुलीकै इजलासले कान्तिपुर दैनिकका प्रकाशक र पत्रकारलाई बयानका लागि बोलाउने आदेश दिएपछि कान्तिपुर दैनिकका प्रकाशक र प्रधानसम्पादक आज दिउँसो २ बजे बयानका लागि अदालत जाँदैछन्।
प्रधानन्यायाधीश पराजुलीकै प्रमाणपत्र र जन्ममितिको आधिकारिकतामाथि लेखिएका समाचार र ती समाचारका आधारमा परेको मुद्दामा प्रधानन्यायाधीशको आफ्नै इजलासमा सुनुवाइ गरेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।