सिरहा- लहान-सिरहामा दुई थान पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्।
कल्याणपुर नगरपालिका-३ इटारी पर्साहीका २१ वर्षिय अहमद मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट युएसए मेडका २ वटा पेस्तोल र २ वटा म्याग्जीन बरामद गरिएको छ।
शंकास्पद व्यवहार गरिरहेका पैदल यात्री मियाँलाई चेक जाँच गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले मियाँलाई कल्याणपुर नगरपालिका वडा नं. २ चतरीघाटबाट पक्राउ गरेको हो।
उनको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।