काठमाडौं- बलिउड अभिनेत्री कृति खरबन्दाले अमिताभ र इमरान हाशमीको फिल्म 'चेहरे' छाडेपछि बलिउडमा हलचल मच्चियो।
'चेहरे'का मेकर्स दोस्रो एक्टर्सको खोजीमा लागिरहेका छन्। कलाकार अंकित लोखडेसँग यस भूमिकाको लागि कुराकानी भइरहेको छ। यद्यपि, उनले अफरको कागजमा साइन गरेकी छैनन्।
तर मौखिक रुपमा भने सहमति दिइसकेकी छन्। फिल्म युनिटका अनुसार अन्य एक दुई कलाकारसँग पनि कुराकानी भइरहेको छ।
टिभी एक्टर्स क्रिस्टल डिसूजा र मौनी रायले फिल्म प्रोड्युसर आनन्द पण्डितले भेट गरेका छन्। विकल्पमा 'सेक्रेट गेम्स'मा काम गरिसकेकी एक्टर्स एलनाज नौरोजीको नाम पनि यस फिल्मको लागि आएको छ। यस फिल्ममा कुन एक्टर्सले कृति खरबन्दाको भूमिका निभाउँछन् त्यो देख्न भने बाँकी छ।
कृतिले फिल्म छाड्नुको कारण एउटा हर्ट सिन थियो। यस सिनमा उनले लिप किस गर्नु थियो। यस सिनमा कृतिको एक्टरको साथ कामुक सिन थियो। यही कारण उनले फिल्म छाडेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।