काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन भएको सन्दर्भमा सामूहिक छलफल गर्ने र निर्देशन दिने भएका छन्।
बुधबार साँझ मन्त्रिपरिषद्का नयाँ पुराना सदस्यहरु तथा सचिवहरुलाई राखेर सरकारको अबको बाटो, लक्ष्य र अपेक्षाका सन्दर्भमा सामूहिक निर्देशन दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
छलफल कार्यक्रम सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुने छ। आजै नव नियुक्त मन्त्रीहरुले सपथ ग्रहण तथा पदभार पनि ग्रहण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।