काठमाडौं- निवर्तमान श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बिदाई कार्यक्रममा बोल्दै आफू मन्त्री बन्नका लागि मात्रै राजनीतिमा नआएको बताएका छन्।
आफू देश र जनताका हितमा अग्रसर रहन राजनीतिमा आएको बताएका उनले, 'मैले श्रम मन्त्रालयको पदबहालीको क्रममा भनेको थिएँ, म अस्थायी पाहुना हुँ। पद क्षणिक कुरा हो, हाम्रो जीवन नै अस्थायी छ भने पद स्थायी रहने कुरै भएन।'
विष्टले आफ्नो कार्यकालमा श्रमजिवीहरुको हितमा काम गरेको बताए।
नेपाली श्रमिकमाथि भएका हरेक किसिमका श्रम शोषणको अन्त्य गर्न आफूले ऐतिहासिक कदम चालेको दाबी विष्टको थियो।
आन्तरिक तथा वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पहल गरेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।