विराटनगर- सवारी दुर्घटनामा परी पाँचथर, मोरङ र झापामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।
पाँचथरको फालेलुङ गाउँपालिकामा बिहीबार ट्याक्टरबाट खसेर १४ वर्षका बालकको मृत्यु भएको छ। मेमेङबाट मच्छेबुङतर्फ जाँदै गरेको मे १ त १९७५ नम्बरको ट्याक्टरबाट खसेर फिदिम नगरपालिका ५ का रविन्द्र तुम्बापोका छोरा सहिलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेमेङले जनाएको छ।
यस्तै, मोरङको धनपालथान गाँपालिकास्थित रंगेली–विराटनगर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वडा नं. ६ का ४५ वर्षीय विहारी रायको मृत्यु भएको छ।
रायलाई को २ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। उनको उपचारका लागि अस्पताल लाने बाटोमै मृत्यु भएको हो। बिहीबार राति साढे ११ बजे भएको उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कटहरी गाउँपालिका ५ का सरोज उराउको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
यसैगरी, मोटरसाइकल दुर्घटनामै परी परी झापाको दमक नगरपालिका ३ आमचौकमा एक युवकको मृत्यु भएको छ। गएराति ९ बजे बा ४४ प ७५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।