काठमाडौं- नेकपा केन्द्रीय प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेको प्रति असन्तुष्टि पोखेर सामाजिक सञ्जालमा लेखे। साहले कार्यसम्पादनको आधारमा गर्ने भनिएपनि गुट, लेनदेन र पूर्वाग्रहका आधारमा मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरे। उनको आलोचनात्मक टिप्पणी लगत्तै नेकपाका अर्का नेता विष्णु रिजालले साहलाई जवाफ फर्काएका छन्। विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र भन्दै प्रश्न गरेका छन्।

सभामुखमाथि त निर्मत रुपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप नगर्ने चेतावनी साहलाई उनले दिएका छन्। ‘पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ, मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो,’ उनले लेखेका छन्, ‘तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ। कसैले उहाँसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ? ’

रिजालले पार्टीको अनुशासन आयोग भर्खरै बनेको पनि साहलाई सम्झाउन प्रयास गरेका छन्। यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान जान जरूरी भएको उनले फेसवुकमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।