काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले थप आफू थप ऊर्जा र प्रेरणाका साथ बाहिरिएको प्रतिक्रिया दिएका छन्। उनले पदमा रहँदा ज्यामी माहुरीको जस्तै काम गरेको बताउँदै अवसर प्रदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता प्रकट गरेका छन्।
उनले फेसबुकमा प्रतिक्रिया लेख्दै भने, 'जति दिन श्रममन्त्रीको रुपमा रहेँ - वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ। अहिले मन्त्रीबाट बाहिरिएको छु - थप ऊर्जा र प्रेरणाका साथ।'
उनले श्रम क्षेत्रको सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबैलाई धन्यवाद दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।