काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठन लेनदेनको आधारमा भएको दाबी गरेका छन्।
'कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्तत: गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो', साहले फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठनमा साह पनि पर्ने धेरैको आँकलन छ।
'मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन', साहले लेखेका छन्, 'योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एक चोटी लज्जित भएका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।