• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

डेढ वर्षसम्म रुमलिएको निर्मला काण्ड : बलात्कार र हत्याको  दृष्यमा दिलिपसिंह विष्ट नै

परिस्थितिजन्य प्रमाण नै दिलिप दोषी ठहर्ने मुख्य आधार
64x64
नारायण अधिकारी बिहीबार, मंसिर ५, २०७६  १०:४३
1140x725

काठमाडौं- गलत डिएनए रिपोर्टका कारण निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धान करिब डेढ वर्षसम्म रुमलियो।डेढ वर्षसम्म सयौं अनुसन्धान अधिकृतलाई अनुसन्धानमै रुमलिन बाध्य पार्ने डिएनए रिपोर्ट भने अन्तत गलत सावित भयो। 

एउटा जाँचमा सानो त्रुटि हुँदा राज्यको ठूलो लगानी खेर मात्रै गएन, सरकार र प्रहरीको आलोचना समेत भयो। केही अनुसन्धान अधिकारीले जागिरबाट हात नै धुनुपर्‍यो भने केही अहिलेसम्म निलम्बनमा छन्। 

प्रहरीको अनुसन्धानलाई गलत भएको पुष्टि गर्ने डिएनए जाँच नै गलत भएको रिपोर्ट विज्ञसम्मलित टोलीले दिएपछि निर्मला हत्या काण्डको गुत्थी सल्टिने संकेतहरु देखिएका छन्। 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले गत कार्तिक ५ गते डिएनए नमुना परीक्षण त्रुटिपूर्ण रहेको रिपोर्ट गृहमन्त्रालयलाई दिएको छ। 

यसअघि पनि मानव अधिकार आयोगले गठन गरेको पूर्वमहान्यायाधिवक्ता नरेन्द्र पाठक, पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झालगायत टोलीले पनि डिएनए नमुना संकलन नै त्रुटिपूर्ण रहेको औंल्याएको थियो। 

सुरुमा दिलिपसिंहलाई छाडेर प्रहरीले अनुसन्धान गरेको थियो। नेपाल प्रहरीमा अनुसन्धानमा दखल मानिएका अनुसन्धानकर्ताहरुले लामो समय यस घटनाको अनुसन्धान गरे। विभिन्न कोणबाट अनुसन्धान गरिए पनि प्रहरीले कुनै नयाँ सुराक पाएन । अन्ततः डिएसपी जिसीकै अनुसन्धानकै वरपर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। 

बलात्कारपछि मारिएकी पन्तको भेजाइनल स्वाबबाट डिएनएको नमुना संकलन गर्दा सिन्कोमा कपास बेरेर गरिएको र उक्त प्रक्रिया नै गलत भएको निष्कर्ष टोलीको थियो। 

विज्ञ टोलीको डिएनए रिपोर्ट नै गलत भएको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगिसकेपछि डिएनएलाई आधार नमानी अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘दृष्यमा दिलिप सिंह विष्ट नै’ 
प्रहरीले अहिले परिस्थितिजन्य प्रमाणको आधारमा निर्मला काण्डको अनुसन्धान भइरहेको बताएको छ। प्रहरीका अहिलेसम्मका अनुसन्धानले ‘क्राइम सिन’मा दिलिप सिंह विष्ट नै देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताउँदै आएका छन्।

सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी नेतृत्वको टोलीले पनि दिलिपसिंह विष्ट नै मुख्य अभियुक्त भएको भन्दै घटना भएको २४ दिनमै रिपोर्ट सार्वजनिक गरेको थियो। 

त्यसपछि मुख्य अपराधी लुकाउन निर्दोष दिलिपसिंह विष्टलाई फसाउन खाजेको भन्दै आन्दोलन भयो। तर, आन्दोलन नै भए पनि प्रहरीले त्यसबेला विष्ट नै दोषी भएको भन्दै छाडेको थिएन। जब प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले दिलिपसँग निर्मलाको भेजाइनल स्वाबमा भएको डिएनए म्याच नगरेको रिपोर्ट दियो, त्यसपछि दिलिपले हिरासतबाट छुट्ने मौका पाएका थिए।

विधि विज्ञानका डिएनए विज्ञ तत्कालीन एसपी राकेश सिंहले डिएनए रिपोर्ट नै अकाट्य भएको प्रहरी नेतृत्वलाई मौखिक जानकारी गराएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आन्दोलनको दबाबसँगै डिएनए म्याच नभएपछि अन्य परिस्थितिजन्य प्रमाणको आधारमा प्रहरीले उनलाई अदालत पुर्‍याउन सकेन। त्यसपछि विष्ट गत वर्षको भदौ २६ गते सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा छुटेका थिए।

तर, अहिले फेरि क्राइम सिनमा विष्ट नै आएका छन्। अहिलेसम्म अनुसन्धानमा खटिएका महानगरीय प्रहरी अपराधका महाशाखाका प्रहरी, सिआइबीका प्रहरीलगायत स्थानीय कञ्चनपुर प्रहरीका अधिकारी समेत अनौपचारिक रुपमा दिलिपसिंह विष्ट नै क्राइम सिनमा आएको बताउँदै आएका छन्।

सुरुमा दिलिपसिंहलाई छाडेर प्रहरीले अनुसन्धान गरेको थियो। नेपाल प्रहरीमा अनुसन्धानमा दखल मानिएका अनुसन्धानकर्ताहरुले लामो समय यस घटनाको अनुसन्धान गरे। विभिन्न कोणबाट अनुसन्धान गरिए पनि प्रहरीले कुनै नयाँ सुराक पाएन । अन्ततः डिएसपी जिसीकै अनुसन्धानकै वरपर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। 

परिस्थितिजन्य प्रमाण नै मुख्य आधार 
सुरुमा अनुसन्धान गर्ने सिआइबीका डिएसपी जिसीले आफ्नो अनुसन्धान सही भएको र डिएनए परीक्षण नै त्रुटि भएको दाबी गरेका थिए। नभन्दै डिएनए रिपोर्ट नै त्रुटिको नतिजा आयो। तर, दिलिप नै मुख्य अभियुक्त हो भन्ने प्रमाणका बारेमा भने प्रश्न उठ्ने बताइन्छ।

‘अप्रत्यक्ष प्रमाणको आधारमा पनि अदालतले विवादको सही निरोपण गर्नुपर्ने हुन्छ। अपराधीले सदा कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दशी प्रमाणसमेत नष्ट गर्ने प्रयास गर्ने हुँदा फौजदारी मुद्दामा परिस्थितिजन्य प्रमाणबाट पनि दोषी पत्ता लगाउनुपर्ने बाध्यता रहन्छ,’ नेपाल कानुन पत्रिकाको २०७५, अंक ७ नि. न. १००५७ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ। 

भौतिक प्रमाण बिनै परिस्थितिजन्य प्रमाण र साबिती बयानका आधारमा दोषी ठहर भएका घटना भने नभएका होइनन्। प्रमाण नै नभएको केही घटनालाई हेर्ने हो भने परिस्थितीजन्य प्रमाणका बारेमा बुझ्न सकिन्छ। 

साढे २ वर्षअघि २०७३ मंसिर १७ गते साँझ साढे ५ बजे काठमाडौं टोखामा रहेको भक्तलाल डंगोलको घरमा ७ वर्षीया बालिका सिम्रन डंगोल बेहोस अवस्थामा फेला परेकी थिइन्। नजिकै ओच्छ्यानमा वान्ता समेत फेला परेको थियो।

सिम्रनको बाबुको मृत्यु र आमा अर्कैसँग विवाह गरेर गएपछि काकी चन्द्रीकासँग उनी बस्दै आएकी थिइन्। त्यसदिन घरमा चन्द्रीका, उनका ३ वर्षीय छोरा विकेश, सिम्रन थिए। 

‘भान्छामा तरकारी पखाल्दै थिएँ। मेरो छोरो विकेशले ममी–ममी दिदी त बोलाउँदा बोल्दैन। झुन्डेर बसेको छ। मरे जस्तो छ’ भनेपछि म दौडिएर गएँ। लुगा झुड्याउने डोरीमा कलेजी रङको पछ्यौरी घाँटीमा बाँधी सिम्रन झुन्डिएकी थिइन्। खुट्टाले भुइँ छोएको थिएन। तत्काल उद्धार गरी उपचारका लागि टोखा इमर्जेन्सी पुर्‍यायौं। त्यहाँ उपचार हुन नसकेपछि ग्रान्डी लाँदा उपचारकै क्रममा मृत्यु भयो,’ चन्द्रिकाले बयानमा भनेके थिइन्। 

उनको हत्या नभई मृत्यु भएको बताइएको थियो। चन्द्रीकाले नै सिम्रनको हत्या गरेको हो भन्ने देख्ने मान्छे कोही थिएनन्। सिसी टिभी फुटेज पनि थिएन। पोस्टमार्टम रिपोर्टमा पनि झुन्डिएको प्रष्ट उल्लेख थिएन। यिनै प्रमाण र मार्नुपर्ने कारण पनि कुनै नभएको भन्दै जिल्ला अदालत काठमाडौंले चन्द्रीकालाई सफाइ दिएको थियो। 

तर, यही घटनामा उच्च अदालत अदालतले परिस्थितिजन्य प्रमाण भन्दै चन्द्रीकालाई ८ वर्ष कैदको फैसला सुनाएको थियो।परिस्थितीजन्य प्रमाणको बारेमा सर्वोच्च अदालतबाट प्रकासित हुने नेपाल कानुन पत्रिकामा पनि महत्वपूर्ण कुरा उल्लेख गरिएको छ।

‘अप्रत्यक्ष प्रमाणको आधारमा पनि अदालतले विवादको सही निरोपण गर्नुपर्ने हुन्छ। अपराधीले सदा कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दशी प्रमाणसमेत नष्ट गर्ने प्रयास गर्ने हुँदा फौजदारी मुद्दामा परिस्थितिजन्य प्रमाणबाट पनि दोषी पत्ता लगाउनुपर्ने बाध्यता रहन्छ,’ नेपाल कानुन पत्रिकाको २०७५, अंक ७ नि. न. १००५७ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ। 

सोही सिद्धान्तकै आधारमा चन्द्रीकाविरुद्ध ८ वर्ष कैदको फैसला सुनाइएको थियो।

उच्च अदालत पाटनको फैसलामा भनिएको छ, ‘सिम्रन फेला परेको कोठामा झुन्डिन मिल्ने दलिन तथा काँटीकिलो पनि फेला पर्दैन। तीन वर्षको बालकले घटनाका बारेमा यसरी आमालाई बेलिबिस्तार समेत लगाउन सक्दैन। ७ वर्षीया बालिका सिम्रनले आत्महत्या गर्नुपर्ने कारण पनि कतैबाट खुल्दैन। उनी आफैं झुन्डिएको हो भन्न सक्ने प्रमाण प्रतिवादीले पेश गर्न पनि सक्दैन’ यीनै परिस्थितीजन्य प्रमाणका आधारमा चन्द्रीका दोषी हो भन्ने ठहर्छ।’ 

परिस्थितिजन्य प्रमाणबाट दोषी ठहर भएका यस्ता धेरै उदाहरण छन्। पोखरामा २०७५ असोज ९ गते १० वर्षीया बालिका श्रेया सुनारको बलात्कार र हत्या गरिएको घटनामा अभियुक्तको साविती बयानकै आधारमा पुर्पक्षमा गएका थिए। 

पूर्वराजदूत केशवराज झा हत्यामा पनि पहिला पक्राउ परेर प्रमाण नपुगेको भन्दै छाडिएका व्यक्ति सानुकान्छा तामाङले इन्कारी बयान दिए पनि परिस्थितिजन्य प्रमाणकै आधारमा उनी पुर्पक्षमा जेल चलान भए।

‘किन किटानी जाहेरी पर्दा समेत दिलिपमाथि अनुसन्धान किन गरिँदैन?’ दुर्गादेवीले प्रश्न गरेकी थिइन्। 

उनीहरूको जस्तै दिलिपको पनि आपराधिक पृष्ठभूमि, चरित्र, साबिती बयान घटनास्थलसँग हुबहु मेल खानु र दिलिप उक्त घटना घटेको मिति र समयमा उक्त घटनास्थलमा गएको देख्ने व्यक्तिले समेत बयान दिइनु जस्ता विषय दिलिपविरुद्धको यथेष्ठ परिस्थितीजन्य प्रमाण रहेको जिसीको दाबी छ। 

दिलिपविरुद्ध किटानी जाहेरी दिएकी दुर्गादेवी अनुसन्धानको प्रगति बुझ्दै 
सुरुमा निर्मला हत्याकाण्डमा दिलिपसिंहको संलग्नता नरहेको परिवारको बुझाइजस्तै पूर्वराजदूत झा हत्यामा पनि सानुकान्छाको संलग्नता रहने संकासम्म झा परिवारले गरेको थिएन।

निर्मला हत्याकाण्डमा दिलिपलाई जस्तै झा हत्यामा सानुकान्छालाई प्रहरीले पक्राउ गरेको थियो। भलै पछि दुवैजना हिरासतमुक्त भए। 

तर पूर्वराजदूत झा हत्यामा संलग्न रहेको हुनसक्ने भन्दै पक्राउ परेर छुटेका सानुकान्छा विरद्ध झा परिवारले किटानी जाहेरी दिएको थियो। अन्ततः उनी पक्राउ परेर जेल गए।

झा घटनाकै जस्तै गत भदौ २२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिलिप सिंह बिष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले किटानी जाहेरी दिएकी छन्। तर, दिलिपसिंह भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

गत सोमबारमात्रै स्थानीय अधीकारकर्मी, नागरिक समाज र पत्रकारसहितको एक डेलिगेसन टोली प्रमुख जिल्ला अधिकारीलाई भेटी निर्मला घटनाको अनुसन्धानबारे चासो राखेको थियो। 

‘किन किटानी जाहेरी पर्दा समेत दिलिपमाथि अनुसन्धान किन गरिँदैन?’ दुर्गादेवीले प्रश्न गरेकी थिइन्। 

पछिल्लो समय मिडियामा आएका विभिन्न समाचारहरू हेर्दा घटनाको दिलिपको संलग्नता हुनसक्नेतर्फ दुर्गादेवीको संकेत थियो। अझ ‘माइसंसार’ ब्लगको युट्यब च्यानलले दिलिपसिंह आफैंले ‘निर्मलालाई बलात्कार गरेर हत्या गरेको हुँ’ भन्ने आशयको भिडियो समेत प्रसारण गरेको थियो।

पछिल्लो समय फेला पर्दै गएका यस्तै प्रमाणका आधारमा प्रहरीले दिलिपसिंहमाथि सुक्ष्म रुपमा अनुसन्धान भने गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्