काठमाडौं- पुनर्गठित मन्त्रिपरिषद्मा समेटिएका मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने भएको छ।
नयाँ मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ।
को को छन्, नयाँ मन्त्री?
हृदयेश त्रिपाठी- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री। त्यसअघि सो मन्त्रालय लालबाबु पण्डितको नेतृत्वमा थियो।
घनश्याम भुसाल- कृषि तथा पशुपन्छी विकास मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व चक्रपाणि खनालले गरेका थिए।
लेखराज भट्ट- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व मातृका यादवले गरेका थिए।
रामेश्वर राय यादव- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व गोकर्ण विष्टले गरेका थिए।
वसन्तकुमार नेम्वाङ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व रघुवीर महासेठले गरेका थिए।
पार्वत गुरुङ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री। त्यसअघि सो मन्त्रालय थममाया थापाको नेतृत्वमा थियो।
मोतीलाल दुगड- उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री।
नवराज रावत – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री।
रामवीर मानन्धर- सहरी विकास राज्यमन्त्री।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।